केही दिनमा डोटी जिल्ला लोडसेडिङमुक्त हुने

समताखबर
  २६ भाद्र २०७४, सोमबार ०३:२६

समता अनलाइन,डोटी २६ भदौ
डोटी जिल्लालाई लोडसेडिङमुक्त बनाउनका लागि नेकपा माओवादी केन्द्र डोटीको पहलमा हिजो साझ दिपायलमा नयाँ ट्रान्सफर्मर पुगि सकेको छ । विगतका दिनमा दिपायलमा रहेको ट्रान्सफर्मर नेपाली कांग्रेसका नेताको पँहुचकै बलमा डडेल्धुरा लगिएको थियो । ट्रान्सफर्मर डडेल्धुरा लगेदेखी डोटीमा विधुत आपुर्तीमा समस्या परेको भन्दै थप दुई घण्टा लोडसेडिङ हुदै आएको थियो । आन्तरिक लोडसेडिङका कारण डोटेली जनता लामो समयदेखी निकै समस्यामा परेका थिए ।

यसअघि एमाले र कांगे्रसका नेता उर्जामन्त्री ह्दा ट्रान्सफर्मर ल्याउन डोटीका नेताहरुले सकेनन तर अहिले माओबादी केन्द्रका नेता महेन्द्र बहादुर शाही उर्जामन्त्री हुदा माओबादी केन्द्रका जिल्ला ईन्चार्जले पहल गरेर ल्याउनु भयो माओबादी केन्द्र सायल गाउँपालिकाका अध्यक्ष तेज डुम्रेलले समता अनलाइनसंग बताए ।

महेन्द्र बहादुर शाही उर्जामन्त्री भए लगत्तै जिल्ला ईन्चार्ज त्रिलोचन भट्टको नेतृत्वमा समता अनलाइनका सम्पादक मिलन परियार,छवि ओली र प्रेम नेपालीले गत साउन १३ ट्रान्सफर्मरका लागि उर्जामन्त्री शाही र बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर डेलिगेसन दिएका थिए । डेलिगेसनपछि उर्जामन्त्री शाहीको निर्देशनमा बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय अत्तरियाका प्रमुखलाई फोन मार्फत ट्रान्सफर्मर उपलब्ध गराईदिन निर्देशन दिएका थिए । घिसिङको निर्देशनमा क्षेत्रिय कार्यालय अत्तरियाले ट्रान्सफर्मर उपलब्ध गराएको हो । ट्रान्सफर्मर हिजो दिपायल पुगि सकेको र जडानपछि केही दिनमै लोडसेडिङ अन्त्य हुने बिधुत कार्यालय दिपायलले जानकारी दिएको छ । जुनसुकै पार्टीले गरे पनि राम्रो कामको प्रशुां गर्नुपर्छ । दिपायल पिपल्लाका ब्यापारी गणेश बहादुर सिहले बताए ।

 

प्रकाशित २५ भदौ २०७४, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *