
बेलौरी, प्रदेश र केन्द्रको निर्वाचन आउन अझै तीन महिना बाँकी छ । उम्मेदवारको टुंगो लागेको छैन । यसअघि जितेकाहरूले गाऊँबस्तीका बाटा बिर्सिसके । तर माओवादी नेतृ बीना मगर भने युद्धस्तरमा फिल्डमा खटिएको छिन । त्यो पनि दुई बर्षे छोरा संगै बोकेर । “संगठन नभएकै कारण हामी कमजोर भयौँ जनतासंग सम्वन्ध टुट्यो भन्छिन बीना, र त्यसैले मेरो पहिलो जोड नै जनतासंग टुटेको सम्वन्धको कडी जोड्नु हो ।” गत हप्ता कञ्चनपुर बल्डाँडीमा भेटिएकी बिनाले भनिन । संविधान सभाको दोस्रो निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी बीना झिनो मतले पराजित भएकी थिईन । तर उनले त्यसपछि झनै सक्रियता बढाईन स्थानीय संगठन निर्माण गर्न । बेलौरी पुर्नवास, लालझाडी र बेलड़ाडी क्षेत्रका जनताका समस्या र विकास निमार्णमा उनले मुख्य ध्यान दिएको बताईन । पुल, तटबन्ध, बाटो, बिद्यालय लगायतका विकास निमार्णका कतिपय योजनाका लागि आफुले पहल गरेको उनले बताईन ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत बीनाको कार्यक्षेत्र अन्र्तगत लालमाझी र बेलौरी नगरपालिकामा माओवादी केन्द्रले जीत हासिल गर्यो । माओवादीको संगठन अस्तव्यस्त भएको अवस्थामा यसरी जितनु चानचुने कुरा थिएन । पुर्नवास क्षेत्रमा भने प्रावधिक कारणले झिनो मतले मेयेरका उम्मेदवार पराजित हुनुपरेको उनले बताईन । चुनाव जितेर पनि आफ्नो निर्वाचन क्षेत्र जान नखोज्ने नेताहरुक अगाडी बीनाको सक्रियता गतिलो उदाहरण बनेको छ । राजनीतिक रुपमा शक्तिशाली प्रभावशाली प्रचण्ड परिवारकी बीनाले भनिन जनताले भित्रि मनदेखि स्विकार गरेर आफ्नो नेता जित्र्नपर्छ भन्ने भावना को विकास गर्न उनीहरुसंग जोडीनैपर्छ । यसपटक मंसिरमा हुने निर्वाचनमा केन्द्रिय संसदका लागि निर्वाचनमा उठ्ने सोच बनाएकी बीनाले दैनिक कार्यातालिका नै संगठन निमार्ण बनाएकी छिन् । “सबै गाउँवस्तीमा पुगीसकेँ, सबै जनताका समस्या बुझे, जिल्ला विकास, नगरपालिका र वडासंग समन्वय गरी सकेसम्म विकास निमार्णका कामको पहल गरेकी छु । धेरै काम भए पनि अझै केही प्रक्रियामा छन् ।” बीनाको क्षेत्रमा मिश्रित जातीगत बसोवास छ । स्थानीय आदिवासी थारु समुदाय, पहाडी समुदाय र बाहुन क्षेत्री र जनतातीको सघन उपस्थिति छ ।
यो स्थितिले चुनावी जटिलता निम्ताएपनि अहिले भने माओवादी केन्द्र बलियो स्थितिमा पुगको बीना बताउँछिन । उनले भनिन, “अस्तीको निर्वाच्न अघि २३ हजार पार्टी प्रवेश गरे ।एमाले,कांग्रेसका जिल्ला नेताहरु समेत समेटिए । अहिले त्यो क्रमले फेरी निरन्तरता पाएको छ । दर्जनौँ अन्य पार्टीका नेताहरु माओवादीमा प्रवेश गराउन सफल भइएको छ । ” पछिल्ला दिनमा स्थानीय स्तरमा बीनाले विकास गर्छिन भन्ने थेगो समेत केहीले प्रयोग गर्न थालेका छन् । खासगरी पछिल्ला तीन वटा आर्थिक बर्षमा स्थानीय सडक,नगर विकास, स्कुल, खानेपानी, तटबन्ध लगायतका विकास निमार्णमा बीनाको पहलबाट करोडौँ रकम उक्त क्षेत्रमा विनियोजन भएपछि उनीप्रतिको विश्वास बढेको स्थानीय व्यापारी राम बहादुर गुरुङ बताउँछन् । “मैले जिते पनि हारे पनि यो क्षेत्रको विकास मेरो प्राथमिकता हो बीनाले भनिन अब सामाजिक रुपमा दलित, महिला, थारु समुदायको सामाजिक विकासका लागि पहल गर्ने सोच छ । उनले भनिन युवाहरुको रोजगारीका लागि औद्योगिक योजनाका लागि छलफल गरिरहेका छौँ ।”
दलितअनलाइनबाट
प्रकाशित ४ असोज २०७४, बुधबार
Leave a Reply