जातीय छुवाछुत अन्त्यका लागि गैर आबासिय नेपालीहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

समताखबर
  २७ आश्विन २०७४, शुक्रबार ०८:२०

जातीय छुवाछुत तथा भेदभाव सामाजिक परम्परागत समस्या रहेको महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले बताउनु भएको छ । आज राजधानीमा ग्लोबल फोरम द्वारा आयोजित जातीय छुवाछुत अन्त्यका लागी गैर आबासिय नेपालीहरुको भूमिका बिषयक अन्तरक्रियामा बोल्दै मन्त्री कोइरालाले देश भित्र र बाहिर बस्ने हरेक नेपालीले जातीय भेदभाव अन्त्यका लागी सक्दो प्रयास गर्न आबस्यक रहेको औल्याउनु भयो ।

सुन्दर नेपाल निर्माणमा तपाई हामी सबैको भूमिका अति नै आबस्यक छ । “जातीय भेदभाव अन्त्यका लागी अरुले के गरे भन्ने भन्दा पनि हामीले के गरेउ भन्ने कुरा प्रमुख हो” त्यस कारण सबै लाग्नुको विकल्प नभएको उहाले बताउनु भयो ।समाजमा जकडिएर रहेको जातीय भेदभाव तथा छुवाछुत जन्य ब्यबहार अन्त्य नभए सम्म सुन्दर नेपाल निर्माण हुन सक्दैन मंत्रीले भन्नु भयो । सुन्दर नेपाल र सुन्दर भविष्यको लागी सरकार लागि परेकोले राज्यलाई अझ सशक्त बनाउन नागरिक समाजले रचनात्मक भूमिका निर्बाह गर्न समेत आग्रह गर्नु भएको सुनौलो खबरमा समाचार छ ।

सुशिल बिश्वकर्मा द्वारा संचालित तथा मोतिलाल नेपाली द्वारा अध्यक्षता गरेको सो कार्यक्रममा ग्लोबल फोरमका अध्यक्ष तिर्थ बर्माले नेपालमा भएको जातीय छुवाछुत विश्वमा फैलिन थालेको औल्याउदै अब NRN ले यस बिषयमा गम्भीर भएर आवाज उठाउनु पर्ने बताउनु भएको छ ।

सो अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्षका उम्मेदवार त्द्य कार्की (कतार), अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम बिश्वकर्मा (अमेरिका), NRN कै नबिन बिश्वकर्मा (चिन), नबराज बिश्वकर्मा (कतार), डा.मान बहादुर बिस्वकर्मा (नेपाल सरकारका सह-सचिब) र ग्लोबल फोरम श्रीलंकाकी अनिता परियारले आफ्नो भनाई राख्नु भएको थियो ।
प्रकाशित २७ असोज २०७४, शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *