
झापामा तीन सय शैयाको अत्याधुनिक उपकरण सहितको क्यान्सर अस्पताल बन्ने भएको छ ।
२ अर्ब ५० करोडको लागतमा विर्तामोडस्थित बिएण्डसी अस्पतालको हाताभित्र छुट्टै क्यान्सर अस्पताल बन्न लागेको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालको नामबाट सञ्चालनमा आउन लागेको अस्पतालको आयोजित एक समारोहबीच विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले गरे ।
अस्पतालको भवन निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने कार्यकारी निर्देशक प्रसाईंले बताए । नेपालमा क्यान्सरका रोगी दिन प्रतिदिन बढ्दै गएको र बिरामीलाई सहज रुपमा सेवा दिन झापामा क्यान्सर अस्पताल बनाउन शुरु गरिएको डा वीरेन्द्रकुमार यादवले बताए ।
उनका अनुसार ७० देखि ८० प्रतिशत क्यान्सरका रोगीलाई ‘रेडिएसन’को आवश्यकता पर्दछ । बिएण्डसी अस्पतालले क्यान्सरका रोगीलाई रेडिएसन बाहेकका सेवा प्रदान गर्दै आएको छ ।
१५ कठ्ठा जमिनमा निर्माण शुरु भएको अस्पतालले भारतका सेवाग्राहीलाई पनि सेवा प्रदान गर्ने बताइएको छ ।
Leave a Reply