अब सातै प्रदेशमा नेशनल आयुर्वेद रिसर्च सेन्टर स्थापना हुने

समताखबर
  ३ पुष २०७४, सोमबार ०९:४९

किर्तिपुरस्थित नेशनल आयुर्वेद रिसर्च एण्ड ट्रेनिङ सेन्टरले सातै प्रदेशमा शाखा विस्तार गर्ने भएको छ । सेन्टरले आर्थिक वर्ष ०७५-०७६ भित्र सातवटै प्रदेशमा आयुर्वेद क्लिनिकल रिसर्ज सेन्टर विस्तार गर्न लागेको हो । आठ महिना अघि चीन सरकारको सहयोगमा स्थापना भएको आयुर्वेद रिसर्च सेन्टरमा हाल क्षारशुत्र, पन्चकर्म, फिजीयोथेरापी, एकुपंचर, योगालगायतका सेवाउपलब्ध छ ।

साथै यहाँ सिटी स्क्यान इन्डोस्कोपी, अप्रेसन थिएटर, फिजीयोथेरापी ल्याब पनि स्थापना भइसकेको तर सञ्चालनमा भने आइसकेको छैन् । नेशनल आयुर्वेद रिसर्च एण्ड ट्रेनिङ सेन्टर निर्देशक डा. सिद्धार्थ ठाकुरका अनुसार सात वटा प्रदेशमा स्थापना हुने रिसर्च सेन्टर केन्द्रका प्रत्यक्ष निगरानीमा सञ्चालन हुनेछ । सेन्टर विस्तार गर्ने विषयमा मन्त्रीपरिषदबाट समेत निर्णय भइसकेको उनले बताए । साथै स्थानीय  स्तरमा प्रयोग भइसकेका र पुरानाआयुर्वेद पद्धतिलाई अपनाएर उक्त शाखाले तथ्यांङक नगर्ने उनको भनाइ छ ।

चीन सरकारसँग पनि शाखा विस्तारको बारेमा छलफल भइसकेको र आर्थिक वर्ष ०७५-०७६ बाट तिव्र गतिमा काम अघि बढ्ने निर्देशक डा. ठाकुरले बताए । यी सेन्टरले अरु अस्पताल जस्तो नभई क्लिनिक रिसर्ज र अस्पतालको काम गर्ने छन् ।

परामर्शपछि मात्रै उपचार

किर्तिपुरस्थित नेशनल आयुर्वेद रिसर्च एण्ड ट्रेनिङ सेन्टरमा हुने उपचार विधिअन्य स्वास्थ्य संस्थामा भन्दा फरक छ । यहाँ उपचारका लागि आएका बिरामीलाई पहिला टिकट लिने र त्यसपछि परामर्श दिने गरिन्छ । परामर्श सकिएपछि के समस्या भएको हो त्यसपछि मात्रै डाक्टरकोमा जाने ब्यवस्था मिलाइएको डा. ठाकुरले बताए ।

३० शय्या भएको यो आयुर्वेद रिसर्च सेन्टरमा क्षारशुत्र, पन्चकर्म, फिजीयोथेरापी, अकुपंचर योगा जस्ता सेवा दिने डा. ठाकुरको भनाइ छ ।  आयुर्वेदबाट सल्य सर्जरी, एनोरेक्टर सजरी, पाईल्स, फिस्टुला, स्त्री तथा प्रसूति, डेन्टल चिकित्सा, अंकोलोजी सबैको उपचार हुने डा. सिदार्थ बताउँछन् । यस सेन्टरमा हाल दैनिक ६० देखि ७० जना सम्म उपचारका लागि आउने गरेका छन् ।

हाम्रो डक्टरबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *