
बिभिन्न ब्यापार ब्यवसायमा संलग्न रहेका दलित समुदायका उधोगी, ब्यवसायीहरु संगठित हुन थालेका छन् ।
बिहिबार काठमाडौंको बागबजारस्थित सिटी स्क्वायरमा रहेको सभा हलमा विभिन्न क्षेत्रका दलित उधोग व्यवसायीहरूको बृहत भेलाबाट दलित उधोग बाणिज्य संघ नेपालको तदर्थ समिति गठन गरिएको हो ।
एक जना सदस्य थप गर्ने गरी लाफोरेड रेष्टुरेण्ट बुटवलका संचालक पुरन चन्दको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरिएको छ । संयोजकमा पुरन चन्द,सह संयोजक धना ओड,सदस्यहरुमा रमेश रसाईली,अर्जुन गहतराज,अमृत बिश्वकर्मा र मिलन परियार रहेका छन् ।
दलित समुदायका उधोगी व्यवसायीहरूको हक,अधिकार सुनिश्चित गर्दै दलित समुदायलाई व्यबसायीक क्षेत्रमा बढी भन्दा बढी सहभागी बनाउँदै आर्थिक समृद्धि तर्फ प्रेरित गर्न संगठित हुनु परेको संयोजक चन्दले बताए ।
Leave a Reply