उत्कृष्ठ दलित प्रअ सम्मानित

समताखबर
  १७ जेष्ठ २०७६, शुक्रबार १२:३१

सोलुखुम्बु, १७ जेठ : नाम्चेस्थ्ति हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक विकुमार विक उत्कृष्ठ प्रधानाध्यापकको रुपमा सम्मानित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका विद्यालयहरुमा एक्सन फर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित साक्षरता सुधार कार्यक्रम २०७५ मा सहभागि प्रधानाध्यापकहरुमध्येबाट विक उत्कृष्ठ हुनु भएको हो ।

केन्द्र सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, सोलुखुम्बु जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरबीर), प्रदेश सभा सदस्य बुद्धिकुमारराज भण्डारी लगायतको उपस्थितिबीच खुम्बुमा सम्पन्न भव्य समारोहबीच उक्त सम्मानपत्र प्रदान गरिएको हो ।

सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २, ठूलो ढुंगामा जन्मिनु भएका विकले समग्र जिल्लाको शैक्षिक क्षेत्रमा एक उदाहरणीय व्यक्तित्वका रुपमा आफुलाई उभ्याउँदै आउनु भएको छ । जिल्लामै विश्वकर्मा समुदायबाट पहिलो मास्टर डिग्रीको उपाधी हासिल गर्न सफल बिकले यसअघि विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *