
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज राती १२ बजेबाट लागु हुनेगरी नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँका दरले इन्धनको मूल्य बढाएको हो ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मुल्य बढाएको जनाएको छ । निगमका अनुसार उक्त मल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँमा बिक्रि गरिने छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यसअघिकै यथावत रमखिएको छ ।
Leave a Reply