
टीकापुर । प्रविधिको दुरुपयोगले बालविबाह बढेको एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बताएका छन् । उमेर नपुग्दै प्रेम विवाह गर्ने नयाँ लहर चलेपछि बाल विबाह नयाँ स्वरुपमा तिब्र रुपले बढेको जानकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लक्ष्मण चौधरीले बताए ।
दलित महिला अधिकार मञ्च नेपालको आयोजनामा सरोकारवालाहरुविच गरिएको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष चौधरीले सो कुरा बताएका हुन् । उनले सामाजिक सञ्जाल, मोवाईल लगायत प्रविधिको दुरुपयोगले पनि बालविबाह बढेको बताए ।
अध्यक्ष चौधरीले आफ्ना छोराछोरीलाई प्रविधिमैत्री बनाउन अभिभावकले महत्वपूर्ण भुमिका निर्बाह गर्नुपर्ने बताए । दलित महिला अधिकार मञ्च नेपालले जानकी गाउँपालिकामा कार्यक्रम संचालन गरेपछि यहाँका किशोर किशोरीहरुलाई अनौपचारिक शिक्षासंगै स्वाथ्य सामाग्रीहरु उपलब्ध गराएर गाउँपालिको अभियानलाई सहयोग पुर्याएको अध्यक्ष चौधरीले बताए ।
गाउँ कार्यपालिका सदस्य सोमति चौधरीले बालविबाह न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै समाजमा रहेका कुरीति कुसंस्कार लगायत विभिन्न गतिविधि रोक्न अभिभावकहरु पनि सचेत हुन जरुरी रहेको बताईन् ।
कार्यक्रममा सहभागी वक्ताहरुले आर्थिक,सामाजिक, राजनीतिक र चेतना अभावले पनि बालविबाह बढि रहेको बताए । बालविवाह रोक्न थुप्रै ऐन कानून बनेपनि कार्यान्वयन फितलो भएका कारण बालविबाह बढिरहेको औल्याए ।
दलित महिला अधिकार मञ्च नेपालद्धारा संचालित किशोरी शसक्तिकरण परियोजना संयोजक अभिलाषा भण्डारीले बालविबाह, छाउपडी प्रथा लगायत विषयमा सहजीकरण गरेकी थिईन् । उनले बालविबाह हुनुको कारण, सानै उमेर विबाह गरेपछिको असरबारे समेत जानकारी गराएकी थिईन् ।
Leave a Reply