
बाँके : भू–स्वामित्व तथा सरकारी सेवामा बादी समुदायको पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
“सामाजिक न्याय, आत्म सम्मान,सशक्तिकरण र रुपान्तरणका लागि बादी युवाहरुको अभियान” भन्ने मूलनाराका साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम आइतबार नेपालगंजमा सम्पन्न भएको हो ।
सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल र राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोगका लुम्बिनी प्रदेश प्रमुख झंकर बहादुर रावलले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि भूमि सम्वन्धि समस्या समाधान आयोग बाँकेका अध्यक्ष शान्ति ढकाल थिए ।
अन्तरक्रिया कार्यक्रममा बाँके जिल्लाको भूमिहिन तथा सरकारी सेवाबाट बन्चित बादी समुदायका समस्याको बारेमा छलफल गरिएको थियो । मन्तब्यका क्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, जिल्ला समन्वय अधिकारी लोक बहादुर सुनार,मानव अधिकारकर्मी प्रकाश उपाध्याय, फियान नेपालका सुरेश गौतम,बार एसोसियसनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष सुनिल बहादुर श्रेष्ठ, दलित गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष बुद्ध सुनार लगायतले आ–आफ्नो विचार राखेका थिए ।

त्यसै गरि बादी समुदायको भू–स्वामित्व र सरकारी सेवामा पहुँच, विकास तथा रुपान्तरणमा सरकारी तथा सरोकार राख्ने तह/निकायको भूमिका विषयक कार्यपत्र राट्रिय बादी संजालका अध्यक्ष केशव बादी (नेपाली) र बादी समुसदायको अधिकार सम्वन्धमा कानुनी व्यवस्थाका बारेमा कार्यपत्र राष्ट्रिय मावन अधिकार आयोग लुम्बिनी प्रदेशका मानव अधिकार अधिकृत दिपक थापाले प्रस्तुत गरेका थिए ।
कमिट नेपालका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीले स्वागत मन्तब्य व्यक्त गरेको उक्त कार्यक्रमको सहजिकरण कमिट नेपालका महासचिव जगदीश नेपालीले गरेका थिए ।
साथै भूमिहिन बादी समुदायको तथ्याङ्क सहित ज्ञापन–पत्र कमिट नेपाल तथा समस्त बादी समुदायको तर्फबाट अध्यक्ष प्रकाश बादीले भूमि सम्वन्धि समस्या समाधान आयोगका अध्यक्ष ढकाललाई वुझाएका थिए ।
Leave a Reply