बिद्यालयको प्रअ छोडेर आरन व्यवसाय

समताखबर
  १ आश्विन २०७८, शुक्रबार १८:४८

तेजबहादुर डुम्रेल डोटी : डोटीको केआइसिंह गाउँपालिका ५ जमलकट्टेस्थित दुर्गा आधारभुत बिद्यालयका प्रअ प्रेम बिकले आरन व्यवसाय सुरु गरेका छन् ।

विकले प्रअबाट राजिनामा गरि करिब १५ लाखको लगानिमा गाउँमै आरन तथा पोल्टीफर्म व्यवसाय सुरु गरेका हुन् । 

देशमा बेरोजगार समस्या बढ्दै गएको र लाखौं उर्जावान युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रेरणा दिन आफुले ब्यबसाय सुरु गरेको उनले बताए । १० बर्षका लागि स्थानीय देवाकर जोशीको ४ रोपनी जग्गा लिजमा लिएर ब्यबसाय सुरु गर्न लागेको उनले बताए ।

पछिल्लो समय लोप हुदै गएको विभिन्न घरेलु हातहतियार गोर्खाली खुकुरी,तरवार, खुणा, लगायतका ऐतिहासिक बाजाहरु आरन ब्यबसायले उत्पादन गर्ने र बजारसम्म पुर्‍याउने आफ्नो उदेश्य रहेको उनकको भनाइ छ । उनका अनुसार तीन जनालाइ रोजगारी दिएर आरन ब्यबसायसंगै व्यवसायिक रुपमा बाख्रा र कुखुरा पालन गर्न पोल्टी फर्म सुरु गरिएको हो ।

केआइसिंह गाउँपालिकाले आ.ब.०७८/०७९ का लागि दलितसंग अध्यक्ष कार्यक्रम अन्तरगत आरन ब्यबसाय सञ्चालन गर्न प्रोत्साहन स्वरुप दुइ लाख ९६ हजार रकम बिनियोजित गरेर आफुलाइ हौसला प्रदान गरेकोमा स्थानीय सरकारलाइ धन्यवाद दिदै उनले आफ्नै ठाउँमा ब्यबसाय संञ्चालन गर्ने हरेक युबालाइ सरकारले हौसला दिनुपर्ने र बजार ब्यबस्थापनमा सहयोग गर्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *